सिमा क्षेत्रबाट अबैध ब्रोइलर कुखुरा नियन्त्रणमा लिई नष्ट - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

सिमा क्षेत्रबाट अबैध ब्रोइलर कुखुरा नियन्त्रणमा लिई नष्ट



हेमन्त न्यौपाने/ पुनर्वास ,कञ्चनपुर । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी पोष्ट आईबिआरडीको संयुक्त टोलिले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ का खुला सीमाक्षेत्रबाट अबैध रुपमा नेपाल भित्रदैँ गरेका ५४ वटा प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

मंगलबार बिहान करिव रु. १६,५०० मूल्य बराबरको ११० किलो कुखुरा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यक्रम त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक लक्ष्मण बि. क.ले बताए ।

पुनर्वास ४ का खुला नाका हुँदै नेपाल भित्रीदैँ गरेका प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रण लिन खोज्दा तस्करहरुले कुखुरा छोडी भागेको प्रहरी नायब निरीक्षक बि. क.ले बताए ।

पशुक्वारेन्टाइन बेलौरीका प्रतिनिधि पशुचिकित्सक धनन्जय जोशी, कालिका बजार व्यवस्थापन समिति अध्यक्ष मुरली सुनार, पुनर्वास उद्योग बाणिज्य संघका सदस्य लक्ष्मण थापा तथा पत्रकारहरुको रोहवरमा मंगलबार पुनर्वासको पैंसठ्ठी बिगाहा क्षेत्रमा लगि कुखुरा नष्ट गरिएको थियो ।

पुनर्वासका खुला नाकाबाट दिनहुुँ तस्करी बढेको जानकारी गराउदै पुनर्वास उद्योग बाणिज्य संघले बैशाख ०३ गते नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई पत्राचार गरेको थियो । पुनर्वासको नाकाबाट हुने तस्करी नियन्त्रण गर्न प्रहरीको सक्रियता आवश्यक रहेको कालिका बजार व्यवस्थापन समिति अध्यक्ष मुरली सुनारले बताए । यसरी छिटफुटरुपमा प्रहरीले नाटकीयरुपमा समाते झै गरेर नहुने उहाँले बताउनु भयो ।