कञ्चनपुरमा नक्कली नेपाली पैसा छाप्ने मेशिन सहित २ भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कञ्चनपुरमा नक्कली नेपाली पैसा छाप्ने मेशिन सहित २ भारतीय नागरिक पक्राउ



कञ्चनपुर ,बेलाैरी ।  कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली पैसा छाप्ने गिरोहका २ जना सदस्यलाई प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले बिहिवार राती रंगेहात पक्राउ गरेको हो । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९ वर्षीय अनमोल भनिने कृष्ण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६, को नेपाल भारत सीमा क्षेत्र दशगजा नजिक दुमली भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिमले जनाएको छ ।
उनीहरुको साथबाट नेपाली एक हजार रुपैयाँको नक्कली नोट बनाउन राखिएका कागज, नक्कली पैसा बनाउन प्रयोग गरिने केमिकल र लेन्स पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ ।