कञ्चनपुरमा लाखे नृत्य प्रशिक्षण कार्यक्रम सुरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कञ्चनपुरमा लाखे नृत्य प्रशिक्षण कार्यक्रम सुरु



धन बहादुर बिक
पुनर्वास ,कञ्चनपुर । भेषभुषा भाषाभाषी , धर्म संस्कृति तथा जातजाति ले धनी रहेको ७ नम्बर प्रदेशको एक मात्रै नगरपालिका पुनर्वासमा शनिबार नेवार समुदाय द्वारा प्रस्तुत गरिने लाखे नृत्य प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

अागामी साउन २४ गते बिश्व अादिवासी दिवश तथा श्री कृष्णजन्माष्टमी का अवसरमा अाफ्नो संस्कृति झल्काउने उदेश्य ले तयारी मा जुटेका नेवार समुदायको लाखे नाच प्रशिक्षण कार्यक्रम को पुनर्वास नगरपालिका का नगर प्रमुख जिवनराज थापाले ढोलक र झ्याली बजायर उद्घाटन गर्नु भएको थियो ।

नेवा : देय दबु , कञ्चन नेवा समाज पुनर्वास ले अायोजना गरेको लाखे नृत्य प्रशिक्षण कार्यक्रम साउन १२ गते देखि सुरु भई साउन १८ गते सम्पन्न हुलेछ भने लाखे नाच अागामि साउन २४ गते अादिवासी जनजाति दिवस मा भब्य रूपमा प्रदर्शन गरिने कञ्चन नेवा समाज पुनर्वासका सचिव खेमराज श्रेष्ठले बताए ।

नृत्य प्रशिक्षण कार्यक्रम उद्घाटन समारोह लाई सम्बोधन गर्दै नगर प्रमुख जिवनराज थापाले भन्नुभयो भेष भुषा तथा धर्म संस्कृति का दृष्टिकोणले पुनर्वास अधिराज्यमै नमुना नगरपालिका रहेको छ । ७५ वटै जिल्लाका भिन्दाभिन्दै स्थानबाट अाई बसोबास गरेका पुनर्वासमा विभिन्न जातजाति र धर्म संस्कृति मानिने भएको ले पनि पुनर्वासको अरू क्षेत्र भन्दा नमुना नगरपालिका रहेको थापाले बताउनुभयो ।

अाउदै गरेको चाडपर्व तथा दिवसको अवसरमा अायोजना गर्न लागिएको लाखे नाच का लागि नगर प्रमुख थापाले शुभकामना दिदै यस्ता यस्ता संस्कृति झल्काउने कार्यक्रम लाई सबैले प्रोत्साहन दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
कार्यक्रम का बिशिस्ट अतिथि तथा नेवा: देय दबु प्रदेश नम्बर ७ का उपाध्यक्ष एक कुमार श्रेष्ठले नेवार समुदाय द्वारा अायोजना गर्न लागिएको यस्ता कार्यक्रम ले लोप हुदै गईरहेको संस्कृति लाई जगेर्ना गर्नु संगै नयाँ पिडीलाइ सिक्ने अवसर पनि मिल्ने बताउनुभयो ।

२०५६ साल अघि नेवार समुदायका अग्रज हरूले नियमित सञ्चालन गरेको लाखे नाच प्राबिधिक कारणले स्थगित हुन गएको थियो भने पुनर्वासमा छरिएर रहेका नेवार समुदाय लाई संगठित गरि पुन अाफ्ना संस्कृति झल्काउने खालका कार्यक्रम गर्न लागिएको कञ्चन नेवा समाज पुनर्वास का अध्यक्ष हरिनारायण श्रेष्ठले बताए । पुनर्वासमा ५५ घर परिवार नेवार समुदाय रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

नेवा समाजका अध्यक्ष हरिनारायण श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो । कार्यक्रम मा पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मन बहादुर गुरूङ , प्रतिभानगर बजार समिति अध्यक्ष अमित रोकाया , वडा सदस्य पृथ्वी गुरूङ नेवा: देय दबु प्रदेश नम्बर ७ उपाध्यक्ष एक कुमार श्रेष्ठ लगायत अतिथि रहेका थिए । भिमसेन थान मन्दिर समिति सचिव भिम कुमार श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन कञ्चन नेवा समाजका सचिव खेमराज श्रेष्ठले गरेका थिए ।