कञ्चनपुरमा खैरो हिरोईन र चरेश सहित २ जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरमा खैरो हिरोईन र चरेश सहित २ जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगर वाट प्रहरीले लागुऔषधि खैरो हेरोईन र चरेश सहित २ जना युवकलाई पक्राउ गरेको छ ।
आइतवार राति ११ वजे भिमदत्तनगरपालिका १९ बागफाटाबाट लागु औषध खैरो हेरोइन र चरेश सहित भिमदत्त नगरपालिका ७ का २२ वर्षिय प्रबिन चौधरी र सोही ठाउँका १८ वर्षिय संजु भट्ट पक्राउ परेका हुन ।
पक्राउ परेका दुर्वै जनालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको र थप अनुसन्धान गरी आवस्यक कार्वाही अगाडि वढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए । कञ्चनपुरका १५ दिनको अवधिमा लागुऔषध प्रयोग गर्ने र वेचविखन गर्ने २ महिला सहित १० जना पक्राउ परेका छन ।