कञ्चनपुरको पुनर्वासमा नगर स्तरिय भलमन्सा समिति गठन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरको पुनर्वासमा नगर स्तरिय भलमन्सा समिति गठन



जुद्ध चाैधरी
पुनर्वास ।।
पुनर्वास नगरपालिकाका सम्पूर्ण वडामा छरिएर रहेका थारुहरूकाे हक अधिकार एवम् थारूकाे स्थायित्व कायम गर्ने उद्देश्यले अाज नगर स्तरिय भलमन्सा समिति गठन गरिएकाे छ।

पुनर्वास न. पा.-०२ अमरैयामा भएकाे उक्त भेलाबाट सुमन चाैधरीकाे संयाेजकत्वमा १५ सदस्यीय पुनर्वास नगर भलमन्सा समिति गठन गरिएकाे हाे । नवगठित साे समितिमा विदुर राना, पञ्चराम राना, कमल चाैधरी, राज कुमार चाैधरी, ज्ञानबहादुर चाैधरी, माेली राना, टेकबहादुर चाैधरी, हरिलाल राना, जतन लाल चाैधरी, मीना चाैधरी, राज कुमारी चाैधरी, टिकाराम चाैधरी, दुलारे राना र शनिसंगम चाैधरी रहेका छन।

पुनर्वास न. पा. २ अमरैयाका भलमन्सा दूर्गा प्रसाद चाैधरीकाे सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रमुख अतिथि वार्ड नम्बर २ का वडाध्यक्ष सन्त कुमार चाैधरी रहनु भएकाे थियाे भने विशिष्ट अतिथिमा बेलाैरी नगर भलमन्सा समितिका पूर्व अध्यक्ष फुल चरण चाैधरी रहनु भएकाे थियाे। पृथक भेषभूषा,सँस्कृती रहेकाे र जनसंख्याकाे हिसाबले पनि पुनर्वासमा थारूहरूकाे संख्या उल्लेख्य रहेकाले थारू समुदायकाे पहिचान कायम राख्नका लागि समितिले ठुलाे याेगदान पुर्‍याउने र स्थानिय निकायले समेत भलमन्सा समितिलाई सहयाेग गर्नु पर्ने संयाेजक सुमन चाैधरीले बताए।

त्यसैगरि प्रमुख अतिथि सन्त कुमार चाैधरीले स्थानिय निकायबाट नियम संगत गर्न मिल्ने सहयाेग गर्न अाफु पनि सदा तत्पर रहेकाे बताउनु भयाे। भेलामा पुनर्वास नगरपालिकाका १२ अाेटै वडाका भलमन्सा तथा सह- भलमन्साहरूकाे उपस्थिती रहेकाे थियाे।