कञ्चनपुर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बीना मगरको निर्वाचन खर्च ११ लाख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कञ्चनपुर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बीना मगरको निर्वाचन खर्च ११ लाख



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेतृ बीना मगरले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएकी छन् ।

कञ्चनपुर जिल्ला निर्वाचन कार्यालयमा मगरले बुधबार बुझाएको निर्वाचन खर्च विवरणमा १० लाख ९६ हजार उल्लेख गरिएको छ । उनका प्रतिनिधी तारा गिरीले खर्च विवरण कार्यालयमा बुझाएका हुन ।

निर्वाचन खर्च विवरणमा मतदाता नामवली खरिद २२ हजार, सवारी साधन २ लाख ४० हजार, प्रचारप्रचार ३ लाख ८० हजार, ढवानी २५ हजार, कार्यकर्ता परिचालन एकलाख ४० हजार, अन्य प्रचार प्रचार एवं विधुतीय सामग्री ५० हजार, कार्यक्रम संचालन ६४ हजार, प्रतिनिधि परिचालन ६० हजार र विविध ३५ हजार गरी कुल १० लाख ९६ हजार उल्लेख छ ।

बीना मगरले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीवानसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गरेकी थिइन ।