चार लाख मतले हारे कन्हैया - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

चार लाख मतले हारे कन्हैया



नयाँदिल्ली – भारतको लोकसभा निर्वाचनको चर्चित विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्री गिरिराज सिंहसँग करिब चार लाख मतले पराजित भएका छन् ।

भारतीय जनता पार्टीका उम्मेद्वार सिंहले ६ लाख ६८ हजार मतसहित जित हात पारे । कन्हैयाले २ लाख ६१ हजार मत ल्याए ।

कन्हैया भारतीय कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता दलका मोहम्मद तनविर हसनले एकलाख ९४ हजार मत ल्याएका थिए ।