कमल थापाले ट्वीटमा भने आफ्नो एजेण्डा बोक्न नपाउने हो भने हामि निर्वाचनमा सहभागी हुदैनौ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कमल थापाले ट्वीटमा भने आफ्नो एजेण्डा बोक्न नपाउने हो भने हामि निर्वाचनमा सहभागी हुदैनौ



हिमाल पोष्ट / काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्रको एजेण्डा बोक्न नदिए राप्रपा पनि निर्वाचनमा भाग नलिने धम्की दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक घण्टाको समयमा ४ वटा ट्वीट गर्दै अध्यक्ष थापाले आफ्नो एजेण्डा बोक्न नपाउने हो भने आफू निर्वाचनमा सहभागी नहुने धम्की दिएका हुन् ।
उनले यस सम्बन्धमा गरेको पहिलो ट्वीटमा भनिएको छ ‘संबिधानले बिचार स्वतन्त्रता ग्यारेण्टी गरेकोछ। पार्टीको बिचार निषेध गर्ने अधिकार कसैलाई छैन। बिचार निषेध गर्नेभए चुनावमा भागलिनुको औचित्य रहन्न ।’ त्यस्तै, उनले आफ्नो दोस्रो ट्वीटमा भनेका छन् ‘संबिधानले हिन्दुराष्ट्र र राजसंस्थाको बिचार लिएर जनतामा जान निषेध गरेको छैन । बिचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षडयन्त्र हो ।’
त्यस्तै उनको तेस्रो ट्वीटमा ‘बिचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होईन बिद्रोहको बाटो रोज्नु पर्ने हुन्छ। के हामीलाई त्यहि बाटो तर्फ धकेल्न खोजेको हो ?’
उनको चौथो ट्वीटमा ‘राप्रपा संबिधान र संबैधानिक ब्यबस्थासंग सहकार्यगर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिँडेको छ। कृपया संबैधानिक बाटो अवरुद्ध नगरियोस् ।’ भनेर उनले आफ्नो पूर्ववत एजेण्डामा जनतामा जान नपाए आफू विद्रोह गर्ने चेतावनी दिएका हुन् ।