कमल थापा भन्छन: राप्रपाको अबको यात्रा निकै कठिन छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कमल थापा भन्छन: राप्रपाको अबको यात्रा निकै कठिन छ



स्याङ्जा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो निर्वाचनसम्ममा राप्रपालाई काङ्ग्रेस र नेकपापछिको तेस्रो शक्ति बनाएरै छाड्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

सोमबार स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलामा उनले राप्रपा लामो र कठिन यात्रामा हिँडेको स्पष्ट पारे ।

थापाले राजसंस्थालाई विकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्न आग्रह समेत गरे ।

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अवलम्बन गरेको मार्गचित्र विकास, समृद्धि, प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकूल भएको उनको दाबी थियो ।