कमल थापा र सरकारबीच वार्ता आज : कस्तो छ तयारी ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कमल थापा र सरकारबीच वार्ता आज : कस्तो छ तयारी ?



काठमाडौँ – हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता हुँदैछ ।

२२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएपछि मंगलबार वार्ता हुने भएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार उक्त पार्टीलाई वार्ताका लागि पत्र पठाएका थिए ।

सरकारको पहलकदमीलाई सकारात्मक रुपमा लिएको जनाउदै राप्रपा वार्ताका लागि तयार भएको हो ।

सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।