कमल थापाले स्वीकारे गल्ती, मागे माफी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कमल थापाले स्वीकारे गल्ती, मागे माफी



काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

थापाले २०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि पार्टी सरकारमा सहभागी हुनु गल्ती भएको भन्दै त्यसप्रति प्रायश्चित गरेका छन् ।

उनले आगामी दिनमा विगतमा गल्ती सच्याएर राप्रपालाई आदर्श पार्टी बनाउने दाबी गरे । हतारमा सरकारमा जाँदा जनताले निर्वाचनमार्फत सबक सिकाएको उनको भनाइ थियो ।

‘हामी हतारमा सरकारमा सहभागी भएको जनताले मन पराएनन्’, राजधानीमा शनिबार आयोजित कार्यक्रममा थापाले भने, ‘पहिलेका गल्ती सुधारेर राप्रपालाई आदर्शवादी र सिद्धान्तनिष्ठ पार्टी बनाउँछौं ।’

थापाले गणतन्त्र आएपछि काँग्रेस र कम्युनिष्टले केही गर्न नसकेको भन्दै विकल्पमा राप्रपा आउने दाबी गरे ।

राप्रपाको विचार र सिद्धान्त मुलुक सुहाउँदो भएको जिकिर उनको थियो ।