हारेलगत्तै कमल थापाले डाके गुटको आकस्मिक बैठक - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हारेलगत्तै कमल थापाले डाके गुटको आकस्मिक बैठक



काठमाडौं- राप्रपाको अध्यक्षमा हारेलगत्तै कमल थापाले आफ्नो गुटको आकस्मिक बैठक बोलाएका छन् ।

बैठकमा चुनावको समीक्षा गर्नका लागि डाकिएको बताइएको छ । बैठक अहिले हाेटल याक एन्ड यतीमा जारी छ।

राप्रपाको एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव भएको थियो। आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष पदका उम्मेदवार थापा २ सय मतले पछि पर्दै राजेन्द्र लिङ्देनसँग हारेका हुन्।

लिङ्देन नयाँ अध्यक्ष बनेसँगै डेढ दशक (२०६३) देखि राप्रपामा जारी थापाको ‘एकछत्र राज’ अन्त्य भएको छ।

आफ्नो पराजयमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोष दिएका छन्।