कमल थापा भन्छन: गिरिजा पनि आतंककारी नै रहेछन - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कमल थापा भन्छन: गिरिजा पनि आतंककारी नै रहेछन



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको सत्य हो भने गिरिजाप्रसाद पनि आतंककारी भएको बताएका छन् ।

प्रचण्डले बिहीबार दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भन्दै उनले कोइराला आतंककारीका मतियार भएको आरोप समेत लगाएका छन् ।

‘जनयुद्ध’का शहीदको स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्डले ‘जनयुद्ध’का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको दाबी गरेकोमा थापाले त्यसबारे कांग्रेसको धारणा मागेका हुन्।

थापाले ‘के कोइराला आतंककारीका मतियार थिए?’ भन्दै प्रश्न गरेका छन्। उनले प्रचण्डको पछिल्लो दाबीले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट भएको आरोप लगाएका छन्।

बिहीबारको कार्यक्रममा प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूबीच कुराकानी भैरहने र त्यसबेला कोइरालाले जनयुद्धलाई अझ मजबुत बनाउन भन्ने गरेको दाबी गरेका थिए।

आफूलाई फौजी आक्रमण बढाउन र सदरमुकाम हान्न कोइरालाले सुझाउने गरेको प्रचण्डको भनाई थियो।