सर्वोच्च अदालतसँग 'फायर' भए कमल थापा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सर्वोच्च अदालतसँग ‘फायर’ भए कमल थापा



काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ ।

मंगलबार सर्वोच्चले ‘गाई’ चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै थापा पक्षले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

फैसलाबारे अध्यक्ष थापाले भने, “गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र ‘सेटिङ’ले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला,” उनले भने ।

उनले फैसला गर्ने न्यायाधीशरूले कुन कानुनमा टेकेर फैसला गरेको भनेर जवाफ दिनुपर्ने पनि बताएका छन् । “ओठे जवाफ दिन सकिएला । तर उहाँहरूको अन्तर्आत्माले उहाँहरूलाई जीवनभर पोलिरहने छ,” उनले भने, “झण्डामा गाई राख्न पाइने चुनाव चिह्न बनाउन नपाउने ! निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय !”