एमालेको शरण पर्दा पनि कमल थापाको बिजोग - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमालेको शरण पर्दा पनि कमल थापाको बिजोग



प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले लगातार अग्रता लिइरहेकी छिन् ।

सुरुवात देखिनै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ९४९ मतको अग्रता बनाएकी छिन् ।

उनले अग्रता बनाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासँगको मतान्तर कम गर्न संघर्षरत रहेका छन् ।

कुल ३७ हजार ८४ मत गन्दा डिनाले १३ हजार ६३० मत पाएकी छिन् भने थापाले १० हजार ६८१ मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ८ हजार ४०३ मतसहित थापालाई पछ्याइरहेका छन् ।