कमल बि.सि. माल्दाईले गरे बिक्रम चौहानलाई गर्ल्फ्रेन्ड खोज्दिन आग्रह(भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

कमल बि.सि. माल्दाईले गरे बिक्रम चौहानलाई गर्ल्फ्रेन्ड खोज्दिन आग्रह(भिडियो सहित)



चिरञ्जीवी ढकाल 

बागेश्वरी म्युजिकको ब्यानरमा अहिलेका लोकप्रिय तथा युवा गायक कमल बिसि माल्दाइको नयाँ लोकपप गित “गर्लफ्रेण्ड छैन” सार्बजनिक भएको छ । उक्त गीतमा गर्लफ्रेन्ड नभएको हुनाले आफू तनाबमा भएको कुरालाई गीत मार्फत प्रस्तुत गरेका छन । पछील्लो समय मा एउटा फरक शैलीको लोकपप गीत “गर्लफ्रेण्ड छैन” लिएर बजार तताउन आईपुगेका लोकप्रिय गायक माल्दाईले यसै गीत मार्फत दर्शक श्रोता को मन जित्न सकिने विश्वाश गरेका छ्न । धेरै समयको मेहनतपछि गर्लफ्रेण्ड छैन बोलको गित माल्दाइले रिलिज गरेका हुन । पृथक धार अगाल्दै गायक बिसिले यसपटक गायनसंगै भिडियोमा मोडलिङ्ग समेत गरेका छन ।

यस गितमा शब्द,संगित र स्वर उनको आफ्नै रहेको छ । अहिलेका व्यस्त युवानिर्देशक विक्रम चौहानले निर्देशन गरेको यस गितमा प्रकाश खड्काको को छायांकन रहेको छ भने चर्चित मोडल आरुषि मगर,विक्रम चौहान र स्वयं गायक कमल बिसि माल्दाईको दमदार अभिनय देख्न सकिन्छ ।

धमाकेदार डान्स संगै कमेडी सिक्वेन्सको फ्युजनले भिडियोलाई अझ मसालेदार देखाएको छ । दिपेश थापाको प्रस्तुतीमा तयार पारिएको गितलाई वाउ नेपालको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । बि स्टार फ्लिम्सले दृश्य निर्माण गरेकोे उक्त गीतको सम्पादन मिलन बि.क. ले गरेका छन ।