संघर्षकाे 'सडक'मलेसियामा स्वागत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संघर्षकाे ‘सडक’मलेसियामा स्वागत



युवा गजलकार कमल संघर्षकाे नविनतम गजल कृति सडकलाई मलेसियामा स्वागत गरिएकाे छ ।

उदाउँदोतारा साहित्य समाज पेनाङ मलेसियाले सडकलाई एक विशेष कार्यक्रम गरेर कमल संघर्षको नयाँ गजल कृति सडक माथि चर्चा परिचर्चाका साथै स्वागत गरेकाे हाे ।

रचना वाचन प्रकाशकमा सडक हालसालै प्रकाशित भएकाे हाे । कार्यक्रममा सहभागी श्रष्टाहरुले एक सडक स्तरिय गजल सङ्ग्रह रहेको उल्लेख गर्दै सडक जस्ता स्तरिय गजल सङ्ग्रह हरुकाे माग रहेकाे र यस्ता सङ्ग्रह निकै कम प्रकाशित हुने गरेका बताएका थिए । कृति माथि समाज कै सदस्यहरू कपिल मणी, बाबुराम लुईटेल, कृष्ण पुन आलोक, जीतमान राई ‘सबिन’, उमेश भट्टराई खोटाङ्गे, पुर्ण मगर, मिलन शाही लगायतले अा-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सबै उपस्थित स्रष्टाहरूले आ-आफ्नो रचनाको साथमा सडक कृति भित्रका केही गजलहरू समेत वाचन गरिएका थिए । समाजका अध्यक्ष दिप दर्शनकाे अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन समाजका सचिव सविन राईले गर्नु भएकाे थियाे ।