सुदुरपश्चिमका मुख्यमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने युवक नियन्त्रणमा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने युवक नियन्त्रणमा



डोटी -सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झन्डा देखाउने खोज्ने एक युबालाई प्रहरी नियन्त्रणको प्रयास गरेको छ ।

डोटी क्याम्पसको ५९ औं बार्षिकोत्सब समारोह सन्चालन भईरहेको बेला बुधबार क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्काले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने प्रयास गरेको संकेत पाएपछि प्रहरीले बल प्रयोग गरेको छ।

त्यसपछि उनलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको हो।

क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खडकालाई निष्काशन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध जनाएका छन् ।

यधपी कार्यक्रम भने निर्बाद सन्चालन भएको छ ।