कालिकोट र जुम्लाका विद्यालयहरूलाई सहयोग - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कालिकोट र जुम्लाका विद्यालयहरूलाई सहयोग



कुण्डल खड्का/कालिकोट

राराको अनुपम सौन्दर्य हेर्नका लागि हामी साथीभाइ मिलेर रारा जाने कार्यक्रम बनायौँ । हामी जाने क्षेत्र विकट थियो । त्यहाँ अभाव, गरिबी र अशिक्षा व्याप्त थिए । त्यहाँका बारेमा सुनेका कथा र सञ्चार माध्यममा हेरेका डकुमेन्ट्रिहरूले मनमा कताकता केही राम्रो गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। त्यसैले  हामीले क्यासिनो माजोङका महाप्रवन्धकज्यू श्री अमूल्य विक्रम राणासँग  कुरा राख्यौँ । त्यस विकट ठाउँका विद्यार्थीहरूलाई माजोङ फाउन्डेसनका तर्फबाट केही शैक्षिक सामग्री उपलब्ध गराउने वाचा उहाँले गर्नुभयो र ५ वटा भित्ते घडी, १०० वटा स्कुल ब्याग र शैक्षिक सामग्री (कापी, पेन्सिल, इरेजर र सार्पनर) उपलब्ध गराउनुभयो ।

त्यस ठाउँका मानिसहरूको जीवनचर्या पनि अति कष्टकर रहेछ। विद्यालय पोसाक लगाउने र ब्यागमा किताब बोक्ने विद्यार्थीहरूको सङ्ख्या पनि एकदम न्यून थियो । जुत्ता-चप्पल नलगाई खाली गोडामै विद्यार्थीहरू विद्यालयमा आएका थिए।

सहज ठाउँमा त जसले पनि सहयोग गरेकै हुन्छन् तर त्यस्तो ठाउँमा पुगेर सहयोग गर्दा मनमा छुट्टै गर्व महसुस हुँदोरहेछ।

GHRD का संयोजक सूरज भट्टराईज्यूले समेत औषधिलगायतकि सामग्री र होस्टल एसोसिएनका तर्फबाट प्रकाशित क्यालेण्डर १०० थानसहित उक्त सहयोग कार्यक्रममा संयोजनकारी भूमिका खेल्नुभएको थियो।

हामीले सामग्री वितरण गरेका विद्यालयहरू :
१.श्री आधारभूत प्रा.बि. (वैशाख १६, २०७६)  (का.मु.प्र.अ.-रामकृष्ण राउत)- विराट-५,गोरू चौर, जुम्लाका १०२ जना विद्यार्थीहरूलाई कापी, पेन्सिल, इरेजर, सार्पनर र एक थान भित्ते घडी वितरण ।

२.श्री चन्द्रदेव आधारभूत बिद्यालय- (वैशाख १८,२०७६)  (प्र.अ.-भिमप्रसाद चौलागाई)खाँडा चक्र-५, कालिकोट का ७५ जना विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी,पेन्सिल, सार्पनर, इरेजर र एकथान भित्ते घडी वितरण।

३.श्री लिङ्गा शैनि आधारभुत बिद्यालय- (वैशाख १८, २०७६) (प्र.अ.-नन्दऋषि चौलागाई)खाँड चक्र- ८, दशला, कालिकोट का २५ जना विद्यार्थीहरूका लागि स्कुल ब्याग र एक थान भित्ते घडी वितरण गरियो।

सामग्री प्रदान गर्ने र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ।  बाँकी रहेका घडीमा एउटा श्री त्रिपुरेश्वर मा.बि.का लागि प्र.अ.रुद्र बहादुर कार्कीलाई र एउटा चन्द्र देव आ.वि.का प्र.अ.सरलाई हस्तान्तरण गरियो।