कालिका माध्यमिक बिद्यालयमा अक्ष्यकोष स्थापना गरी दिए शिव कुमार पन्तले - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

कालिका माध्यमिक बिद्यालयमा अक्ष्यकोष स्थापना गरी दिए शिव कुमार पन्तले



कर्ण अधिकारी।बैदेशीक रोजगारीको सिलसिलामा बिगत १० बर्ष देखि मकाउलाई कर्म भूमि बनाई मकाउमा कार्यरत रहदै आएका काठमाण्डौ स्युचाटार निबासी समाज सेवी भावना बोकेर बिगतका दिनहरू देखि नै सामाजिक कार्यमा जुट्दै आएका शिव कुमार पन्तले बुबा हरी बहादुर पन्त,आमा भगवति पन्त र स्वर्गीय आमा शारदा पन्तको नाममा कालिका स्थान ७ थाक्रे,धादिङ स्थित कालिका माध्यमिक बिद्यालयलाई १ लाख ५१ हजार १ सय १ रूपैयाको अक्ष्यकोष स्थापना गरी दिएका छन्।


चेपाङ जातीको बाहुल्यता रहेको उक्त बिद्यालयमा गरीव तथा असाहय बालबालिकाहरू पठन पाठन गर्दै आएका र ती बालबालिकाको सुनौलो भबिष्य सुनिश्चित होस भन्ने उदेश्यका साथ पन्तले अक्ष्यकोष स्थापना गराई दिएका हुन्।उक्त अक्ष्यकोषको सानीमा बैंकको चेक बिद्यालयले आयोजना गरेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिलन तामाङ,प्रधानाध्यापक राजकुमार अधिकारी र ब्यबस्थापन समितिका पदाधिकारीहरू माझ हस्तान्तरण गरीएको थियो।उक्त कार्यक्रममा पन्तलाई सम्मान समेत गरीएको थियो।

२०७४ साल फागुन २३ गते अक्ष्यकोष स्थापना भए पश्चात बिद्यालय ब्यबस्थापन समितिले राखेको बैठकमा पन्तले आजीवन महिनाको २ हजारको दरले बार्षिक २४ हजार सहयोग गर्ने छु भनि प्रतिबद्धता जाहेर गर्दै निर्णय गरेको कागजाचमा हस्ताक्षर गरेका छन।उक्त अक्ष्यकोषको बार्षिक ब्याज १६ हजार माथि २४ हजार थप्ने र उक्त रकमले चेपाङ जातीका गरीव तथा असाहय बालबालिकाहरूलाई चाहिने अध्यन सामग्री र लत्ता कपडा किनी दिने भनेर निर्णय समेत गरीएको छ।काठमाण्डौमा जन्मी हुर्केको भए पनि सामाजिक कार्य गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका पन्त आउँदा दिनहरूमा पनि गरीव तथा असाहयहरूका सेवामा लागि पर्ने कुरा ब्यक्त गर्नु हुन्छ।