कलंकीमा खतरनाक दुर्घटना: ट्रकले हान्यो ९ वटा गाडी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कलंकीमा खतरनाक दुर्घटना: ट्रकले हान्यो ९ वटा गाडी



काठमाडौं- सोमबार साँझ काठमाडौंको कलंकीमा डरलाग्दो दुर्घटना भएको छ।

ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएपछि कलंकीमा तनावको स्थिति उत्पन्न भएको छ ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।