हांस्यकलाकार चटपटे बा'को 'चटपटे शास्त्र' प्रकाशन हुदै - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

हांस्यकलाकार चटपटे बा'को 'चटपटे शास्त्र' प्रकाशन हुदै



हिमाल पोष्ट/स्याङ्जा

टेलिभिजन, एफ एम  रेडियो एवम सामाजिक सञ्जालमा हसाउदै आएका कमल बस्यालले सबैलाई हसाउने हेतुले चटपटे शास्त्र नामक पुस्तक प्रकाशन गर्ने तयारीमा भएको बताएका छन् ।चुट्किला,गीत, हाईकु,गजल टुक्का एवं गाउँ सहरमा चलिआएका कुरालाई हासो को माध्यमबाट झटारो हानेर आफ्नो पुस्तक पुरै रमाइलो बनाउने छु भनेर हिमाल पोष्टलाई जनाकारी गराए ।उनी विशेष गरी श्रोताको मायाले पुस्तक अगाडी बढाउन सफल हुने पनि बताउछन  ।

समाजमा रहेका विकृति र बिसंगतिहरूलाई ठाडो झटारो र राम्रो कुराई उत्थान गर्ने बताएका छन्।आफ्नो पुस्तक तथा कलाकारीतामा सहयोग गर्ने अग्रज तथा आफ्नो समाचार नेपालका थुप्रै अनलाइनमा पोस्ट गरेर सहयोग गर्ने पत्रकार तथा वरिष्ट समाज सेवीलाई पुस्ककमा अग्र स्थानमा राख्ने र भावी दिनमा अझै सफलताको लागि साथ पाउने आशा पनि राखेका उनी पुस्तकलाई चाहिने आधा आधी खुराक पुरा गरिसकेका छन् भने अरू खुराक अग्रज कलाकारको सहयोगले पुरा गर्ने बताए।