कलाकारले झुमाए दिल्ली (फोटो फिचर) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कलाकारले झुमाए दिल्ली (फोटो फिचर)



हिमाल पोस्ट /नयाँ दिल्ली

इण्डो-नेपाल सांस्कृतिक कार्यक्रम विगतका वर्ष झै यस वर्ष पनि धूमधामले सम्पन्न भएको छ । श्री पशुपति सम्पर्क मञ्च र सुजन म्युजिक प्रालिको आयोजनामा दिल्लीको एन्ड्रीउज-गंजमा चिरपरिचित गायक-गायिका र नृत्यकारहरूले मनोरञ्जन प्रदान गरेका हुन ।

श्री पशुपति सम्पर्क मञ्चका अध्यक्ष रमेश शर्मा लम्सालले सभापतित्व ,मञ्चका पूर्व अध्यक्ष तुलसी ढकालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल राजदूतावासका सांस्कृतिक काउन्सलर हुमप्रसाद लुइटेल प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए  ।

नेपाल पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाह ,एवंम्  विभिन्न संघ-संस्थाका प्रतिनिधि अतिथिका रुपमा उपस्थित रहेको कार्यक्रममा ठूलो संख्यम प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा ख्याति प्राप्त गायक कुमार पुन, गायक हुम गैरे, गायिका जमुना राना,एसियाकै होची मोना घिमिरे , लगयतले आ-आफ्नो गायनले दर्शकलाई कम्मर मर्काउन बाध्य बनाएका थिए । समारोहमा स्थानिय गायकहरु राम गहतराज, पदम संगीत क्षेत्री, ध्रुव रानाले दर्शकलाई नाच्न बाध्य बनाएका थिए । समारोहमा स्थानिय नृत्यकारहरुले पनि प्रस्तुति दिएका थिए ।

श्री पशुपति सम्पर्क मञ्चले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर  इन्डो-नेपाल सास्कृतिक कार्यक्रम एवम ब्लड डोनेसन क्याम्प ,आदि गर्दै आएको छ । कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन सास्थाका सचिव एवं ग्लोबल आईएमी भारत भारत प्रतिनिधि  दिपेन्द्र ढकाल र हरी डागीले संयुक्त रुपामा गरेका थिए  ।