काङ्ग्रेस सांसदले कलाकारलाई कोठामा थुनेर मरणासन्न हुने गरी कुटे - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

काङ्ग्रेस सांसदले कलाकारलाई कोठामा थुनेर मरणासन्न हुने गरी कुटे



बुटवल- नेपाली काङ्ग्रेस कपिलवस्तुका एक नेताले कलाकारलाई घरमै बोलेर राम धुलाई गरेका छन् ।

कपिलवस्तुको कृष्णनगरमा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप साहले चलचित्र अभिनेता श्यामकुमार मिश्रालाई कोठा थुनेर कुटपिट गरेका हुन् ।

आफ्ना गाडी चालकलाई बोलाउन पठाएर सांसद साह र चालक दुबैले कोठा थुनेर मरणासन्न हुने गरी पिटेको बताइएको छ ।

मरणासन्न हुनेगरी कुटेर गाडीमा राखेर कृष्णनगर बजारमा लगेर छाडिएको बताइएको छ। सांसद साहका ड्राइभरले मिश्रालाई गाडीमा राखेर कृष्णनगर छाडेका थिए ।

कुटपिटबाट घाइते मिश्राको अवस्था गम्भीर भएकोले उनलाई बुटवल रिफर गरिएकोबताइएको छ ।

कपिलवस्तु प्रहरीले सांसदले कुटपिट गरेकोबारे जानकारी प्रहरीमा आएको बताएको छ । तर अहिलेसम्म कतैबाट उजुरी परेको भने छैन ।

सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफूले कुटेको कुरा गलत भएको भन्दै विज्ञप्ति निकालेका छन् ।

उनले आफूसँग भनाभन मात्रै भएको दावी गरेका छन् ।