सबैको हितका लागि लोकतान्त्रिक समूह आवश्यक : अधिवक्ता गुरुङ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सबैको हितका लागि लोकतान्त्रिक समूह आवश्यक : अधिवक्ता गुरुङ



-तेजेन्द्र पाण्डेय 

अधिवक्ता कैलाश गुरुङले सबै पक्षको हितका लागि नेपाल बार एसोसिएसनको अबको नेतृत्वमा लोकतान्त्रिक कानुन व्यवसायीहरूको जित आवश्यक रहेको बताएका छन् ।

यही चैत्र १६ गते हुन् गइरहेको नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत लोकतान्त्रिक कानुन व्यवसायीको समूहबाट आदिवासी जनजाति तर्फ खुल्ला सदस्यको उम्मेदवार समेत रहेका गुरुङले लोकतान्त्रिक कानुन व्यवसायीको समूह नै न्याय व्यवस्था सफल बनाउने उपयुक्त छनोट हुने बताए ।

उनले हामीसँगको कुराकानीमा भने ‘सुनिल पोख्रेलको समूह विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा काम गर्ने एक मात्र टिम हो, मुलुकमा अन्यायको विरोध गरी पूर्ण न्यायिक वातावरण निर्माण गर्न पोख्रेल समूहको जित अनिवार्य छ । सबै कानुन व्यवसायीलाई आग्रह गर्छौं कि हामी तपाइहरूको भावना अनुरूप नै काम गर्नेछौ ।’