कैलालीमा स्वतन्त्र पत्रकार संघको शाखा विस्तार, अध्यक्षमा पुजारा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कैलालीमा स्वतन्त्र पत्रकार संघको शाखा विस्तार, अध्यक्षमा पुजारा



धनगढी, कैैैलाली ।  ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु –स्वतन्त्र नै हो पत्रकार भन्नु ’भन्ने नारालाई आत्मसाथ गर्दै कैलालीमा स्वतन्त्र पत्रकार सङ्घ नेपालको नयाँ शाखा गठन भएको छ। जिल्लाका क्रियाशील स्वतन्त्र पत्रकारको धनगढीमा भएको भेलाले १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समिति अध्यक्षमा पान्डव पुजारा, उपाध्यक्षमा जीवन विष्ट ,सचिवमा केशव भट्टराई ,कोषाध्यक्षमा बसन्ती देउवा र सहसचिवमा चित्रराज भण्डारी रहेका छन् । यसै गरी, सदस्यमा क्रमशः जनक धामी,हरिस् भट्ट,राधिका ओझा,टिका बोहरा,यमुना उपाध्याय,शारदा बोगटी,सं जिता कुँवर,तेज बहादुर मल्ल,पुष्करराज उपाध्याय,दीपक बम चयन भएका छन्।

समिति गठनपछि नवनिर्वाचित उपाध्यक्ष जीवन विष्टले क्रियाशील पत्रकारको पेशागत तथा व्यक्तिगत सुरक्षाका साथै क्षमता र स्वाभिमान बढाउने कार्यमा स्वतन्त्र पत्रकार सङ्घ नेपालले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सो भेलाले स्वतन्त्र पत्रकार सङ्घको प्रदेश स्तरीय अधिवेशनका लागि कैलालीबाट सहभागी हुने निर्णय गरेको समेत उनले बताए ।

कैलाली स्वतन्त्र पत्रकार सङ्घको १५ औँ जिल्ला शाखा हो । यसअघि बिहीबार कञ्चनपुरमा पनि शाखा बिस्तार भएको थियो । कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, चितवन, नवलपरासी, रुपन्देही, अर्घाखाँची, पाल्पा, मकवानपुर, बाँके र काठमाडौँमा शाखा गठन भइसकेको छ ।

शुक्रवार धनगढीमा आयोजित भेलामा सङ्घका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला,महा–सचिव नवराज पहाडी,उप–महासचिव राजेन्द्रजंग रायमाझी,कोषाध्यक्ष वीरेन्द्र पाण्डे,पार्सद डिआरजी सुमन,एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख तथा नेपाल भारत पत्रकार सङ्घ पूर्व अध्यक्ष हिक्मत रावल स्टेट सेभनका सहसम्वादक तथा एसटिएस टेलिभिजनका सम्वाददाता दिनेश बिष्ट र पत्रकार नवराज धानुक लगाएतकाको उपस्थिति रहेको थियो ।