कैलालीको एक होटलबाट ९ जना जुवाडे पक्राउ - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

कैलालीको एक होटलबाट ९ जना जुवाडे पक्राउ



कैलाली । कैलालीको एक होटल बाट ९ जना जुवाडी पक्राउ परेका छन् । सुदुर पश्चिम् प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका -२ अत्तरिया स्थित खप्तड होटल रेष्टुरेन्ट एण्ड लजबाट ९ जना जुवाडे आज दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३५ वर्षिय डवल खड्का, ४२ वर्षिय लोकेन्द्र सिंह साउँद , ४० वर्षिय नवराज भट्ट, ४२ वर्षिय बेनु प्रसाद खरेल, ३५ वर्षिय सन्तोष चन्द, २६ वर्षिय राम बहादुर सिंह, ३३ वर्षिय धिरज भन्ने धिरेन्द्र बहादुर चन्द, ३२ वर्षिय सन्जु राना, र ३० वर्षिय राम दत्त जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जुवातास खेली रहेका छ्न भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको टोलीले जुवा खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट ३ गड्डी तास, २ लाख ३१ हजार नगद रुपैंया बरामद गरीएको प्रहरीले जनाएको छ । फाइल तस्बिर :