कैलालीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, तिन घाइते - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कैलालीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, तिन घाइते



पुर्व पश्चिम् राजमार्ग बन्द

हिमाल पोस्ट / कैलाली । कैलालीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका -७ हरैयामा आज दिउँसो सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

पश्चिमवाट पुर्वतर्फ जादै गरेको से १ च १६९० नं को जिपले विपरित दिशावाट आइरहेको से ६ प ८०५२ नं को मोटसाईललाई ठक्कर दिई अनियन्त्रित भई सोहि दिशा तर्फ गईरहेको साईकललाई ठक्कर दिदा साईकल चलाइरहेका २० बर्षिय दिपेन्द्र चोखालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ३ जना साइकलमा सवार ९ बर्षिय अबिराज चौधरी, जिप चालक प्रमेमराज भट्ट र मोटरसाइकल चालक वलराम चौधरीको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेकोे छ । एक जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले सडकमा टायर बाली पुर्व पश्चिम् राजमार्ग बन्द गराएका छन् । तस्बिर : हेमराज भट्ट