कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गर्ने पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गर्ने पक्राउ



अत्तरिया , कैलाली । कैलालीको अत्तरियामा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सबमा शनिबार साझ घर फर्कने क्रममा धारिलो हतियार प्रहार गरि गोदावरी नगरपालिका- १ का अरुण भट्टको हत्या गरेर फरार रहेका मध्ये एक जनालाई प्रहरीको बिषेश टोलीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका ब्यक्तिको नाम भने गोप्य राखेको छ । घटनामा अरुको पनि संङ्लनता रहेकाले अरुको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चौबिसै घण्टा मानिसहरुको चहलपहल हुने बजार र प्रहरी कार्यालय नजिकै धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको बिरोधमा आइतवार दिनभर अत्तरिया बजार बन्द गरिएको थियो ।