कैलालीमा अवरुद्ध पुर्व पश्चिम् राजमार्ग खुल्यो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कैलालीमा अवरुद्ध पुर्व पश्चिम् राजमार्ग खुल्यो



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द रहेको पुर्व पश्चिम् राजमार्ग खुला गरिएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५ बजे टिप्परको ठक्कर बाट घाइते भएका ६ बर्षिय बालक सुभम बस्नेतको उपचारका लागि नेपालगन्ज लैजादै गर्दा बाटोमै मृत्यु भएपछि स्थानीयहरुले केही समय सडकमा चक्काजाम गरेका थिए ।

मृतक बालकका आमाबाबु रोजगारीको सिलसिलामा भारतको बेङ्ग्लोरमा रहेका छन् । आमाबुबा आएपछि शव बुझ्ने भन्दै शव लाई नेपालगन्ज अस्पतालको आइसियु मै राखिएको मृतका आफन्तले जनाएका छन् । पीडित र पिडक बिचका आफन्तीहरुबिच छलफल भएसङ्गै सवारी साधन चलेका थिए ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ क ३२८ नम्बरको टिप्परले बाटो काट्ने क्रममा ठक्कर बालकलाई ठक्कर दिएको थियो । मृतक बालकका आफन्तहरुले टिप्पर चालकलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।यता ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशिले जाहेरी नआएको बताउदै कानुन अनुसार कारबाही गरिने बताए ।