कैलालीमा १६ वर्षीय युवकद्वारा रुखमा झुण्डीएर आत्महत्या - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कैलालीमा १६ वर्षीय युवकद्वारा रुखमा झुण्डीएर आत्महत्या



कैलाली । लम्कीचुहा नगरपालिका– १ मा बस्ने अन्दाजी १६ वर्षीय युवकले रुखमा झुण्डीएर आत्महत्या गरेका छन् । कालिका माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत पारस न्यौपाने शुक्रबारदेखि बेपत्ता भएका थिए ।

चेतना सामुदायिक बनको जंगलमा घास काट्न गएका महिलाहरुले आइतबार बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र जोशीले मृत न्यौपानेले लेखेको नोटमा आफ्नो वैबाहिक विवादका कारण आत्महत्या गरेका खुलाएको बताउनुभएको छ । मृत न्यौपानेको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिदै छ ।