कैलालीको लम्किमा नेविसंघद्बारा राँके जुलुश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीको लम्किमा नेविसंघद्बारा राँके जुलुश



रमित पाण्डे / लम्की ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध विद्यार्थीहरुले कैलालीको लम्किमा राँके जुलुश प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थि संघ लम्किले बिहिवार साँझ लम्किमा नाराबाजी गर्दै राके जुलुश प्रदर्शन गरेको हो ।

हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न सरकार सङ्ग उनीहरुले माग गरेका छन् । यस्तै संसदबाट प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्य विधेक फिर्ता लिनु पर्ने,सुन काण्डको छानबिन गर्नु पर्ने,वाईडबडिको छानबिन लगाएका माग पनि उनीहरुले राखेका छन् ।

समाजमा हिंसात्मक गतिविधि बढेको, भ्रटाचार, महंगी मौलाउदै गएको शान्तिसुरक्षा खल्बलि भएको लागयतका कुराहरुमा बिरोध गरेको नेविसंघ का ललित देउवा ले बताउनुभयो ।