कैलालीका युवाहरु राहत सामग्री लिएर हावाहुरी प्रभावित क्षेत्र जादै

हिमाल पोस्ट / कैलाली ।
यहि चैत्र १७ गते बारा र पर्सामा अाएकाे बिनाशकारी हावाहुरि बाट प्रभावित क्षेत्रमा बर्दगाेरिया गाउपालिकाका युवा राहत सामग्री सहित जाने भएका छन् ।
बुधबार बर्दगाेरिया गाउपालिकामा रहेका बाैनिया जेसीज,सडकपुर बाैनिया युवा क्लब र साईनिङ्ग स्टार युवा क्लब बर्दगाेरिया- ३ खैरेनिकाे अगुवामा संयुक्त रुपमा भएको राहत संकलन कार्यक्रम बाट संकलन भएको जिन्सि र नगद बाट जिन्सि सामाग्री खरिद गरेर प्रभावित क्षेत्रमा जाने तयारि भैरहेकाे बाैनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाहीले बताए ।
बुधबार घाेडाघाेडि बहुमुखि क्याम्पस सुखड र बाैनिया बजारमा भएको राहत संकलन बिहीबार बर्दगाेरिया गाउपालिका अन्तरगतकाे मुडा बजारमा भएको साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन अाेलिले बताए ।
“मानवताको सेवा नै जिवनकाे सर्वाेत्तम कार्य हाे” भन्ने मुल मन्त्र सहित भएको राहत संकलन कार्यमा घाेडाघाेडि बहुमुखि क्याम्पस सुखडका बिधार्थिहरुले खाचा खर्च बाट सहयाेग गर्दा बाैनिया बजारका व्यापारी हरुले नगद सहित जिन्सि सामाग्री हरु चाउचाउ ,चामल,लुगा कपडा,पेन्सिल कपि लगायत सहयोग गरेका थिए । साे कार्यमा बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले समेत नगद सहयाेग गर्नु भएको थियाे ।
संकलनका क्रममा करिब ३४,४९२ नगद , २४१ प्याकेट चाउचाउ ,५० के.जि दाल,१०० प्याकेट बिस्कुट,बच्चा कपडा १५ थान ,सुट १६ थान,कपि १०० पिस,पेन्सिल १०० पिस,चिनि ५० केजि,चामल २ बाेरा,३५ पाईन्ट,१८ सर्ट,१० जाेड चप्पल,१० हाप पाईन्ट र ३ थान ज्याकेट संकलन भएको सडकपुर बाैनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए । राहात सहित युवाहरु शुक्रबार प्रभावित क्षेत्रमा जाने बाैनिया जेसीजका अध्यक्ष धिरज शाहीले जानकारी दिए ।

