कैलालीमा बसको ठक्करबाट एक युवती घाइते - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कैलालीमा बसको ठक्करबाट एक युवती घाइते



कैलाली । कैलालीमा बसको ठक्करबाट एक युवती घाइते भएकी छन ।

मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका -४ बलिया बजारमा साइकलमा सवार सोही नगरपालिका – ६ तिलखा बस्ने २२ बर्षिया लक्ष्मी बिष्टलाई धनगढीबाट टीकापुर तर्फ जाँदै गरेको ना ४ ख ८८४६ नम्बरको बसले ठक्कर दिदा बिष्ट घाइते भएकी हुन ।

बलिया बजारबाट आफ्नो घर जानका लागि बिष्टले बाटो काट्ने क्रममा बसले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घाइते बिष्टको टाउकोमा गहिरो चोट लागेको र उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम यातायातको उक्त बस र बस चालक ४२ बर्षिय ओम प्रसाद बोहरालाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।