कैलाली अपडेट- घाइते १ सय १० नाघे, ६६ जना घर फर्किए

धनगढी । कैलालीमा आएको विनासकारी आँधीबाट अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १ सय १० जना घाइते भएका छन् ।
कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ । गोेदावरी नगरपालिका–८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ ।
दुई जनाको मृत्यु हुनुका साथै १ सय १० जना घाइते भएका छन् । उता, घोडाघोडीमा चट्यांगमा परि एक जना घाइते भएको पुष्टि भएको छ । कैलाली प्रहरी प्रमुख सुदिप गिरीका अनुसार चट्यांगमा परि घोडाघोडीमा एक जना घाइते भएका छन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
उद्दारको काम लगभग सकिएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।’ उनले सेती अञ्चल सहित जिल्लाका विभिन्न अस्पतालमा उपचार भैरहेका घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको बताए ।
६६ जनाको सामान्य उपचार पछि घर पठाइएको र अन्यको उपचार विभिन्न अस्पतालमा भइरहेको बताए ।
प्रजिअ बोहराले अहिले अवरुद्ध सडकहरु खुलाउने काम भइरहेको बताए । ‘मुख्य राजमार्ग अवरुद्ध भएको छैन् । शाखा सडकहरुमा रुख ढल्दा अवरुद्ध भएकाले खुलाउने काम भइरहेको छ ।’
उनले भने –‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको अनुमान व्यक्त गरे । कसैका घरका जस्तापाताका छाना उडेका छन भने कसैका पर्खालहरु भत्किएका छन् । त्यो विवरण संकलन गर्ने काम भइरहेको छ ।’
उता, कचनपुरमा २३ जना घाइतेमध्ये आठ जनालाई सेती अञ्चल अस्पताल रिफर गरिएको कञ्चनपुर निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार आठ घाइतेमध्ये ११ वर्षिय बालिका गम्भिर रहेकी छिन् । उनको टाउँकोमा चोट लागेको छ ।
निमित्त प्रजिअ उपाध्यायले भने –‘आवागमनमा अवरोध पुगेको छैन् । रुखहरु ढल्दा विद्युत सेवा भने अवरुद्ध भएको छ । हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन गरिदै छ ।’ उनले हावाहुरीका कारण बेदकोट नगरपालिकामा बढी क्षति भएको अनुमान गरिएको बताए

