कैलाली उद्योग वाणिज्य संघको निर्वाचन पुस २८ मा तोकियो  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन पुस २८ मा तोकियो 



कैलाली । कैलाली उद्योग वाणिज्य संघले निर्वाचन मिति तोकेको छ ।

संघले सदस्यहरुको छानबिन सकिएपछि नयाँ नेतृत्व चयनका लागि पुस २८ गते निर्वाचनको मिति तोकेको हो । बुधबार सरोकारवालासँगको छलफलपछि निर्वाचनको मिति र कार्य तालिका तय गरेको निर्वाचन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार , ‘ पुस १३ मा नामावली प्रकाशन, १३ र १४ मा दावी विरोध , १५ गते विहान ११ वजे अन्तिम नामावली प्रकाशन ,पुस १८ गते मनोनयन दर्ता सोही दिन साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन, १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको कार्य तालिका बनाई पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्न पाउने निर्वाचन कार्य तालिका बनाईएको छ ।

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा २ हजार ७ सय २५ जनाले मतदान गर्न पाउँनेछन् । यसअघि बैशाख २२ गते तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्दा परेपछि स्थगित भएको थियो ।