कैलाली उधोग बाणिज्य संघमा कुँवर प्यानल विजयी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कैलाली उधोग बाणिज्य संघमा कुँवर प्यानल विजयी



कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर निर्वाचित भएका छन । आइतबार सम्पन्न मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदाधिकारीमा कुँवर नेतृत्वको प्यानल विजयी भएको हो।

कोषाध्यक्षमा भने स्वाँर प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन् । उपाध्यक्ष उद्योगमा कुँवर प्यानलकै पुष्कर ओझा, उपाध्यक्ष बाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु, कोषाध्यक्षमा भने स्वार प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन्।

१८ सदस्यीय कार्यसमितीमा ६ जना पदाधिकारी र ७ जना सदस्य कुँवर प्यानलबाट विजयी भएका छन् भने एक जना पदाधिकारी र ४ जना सदस्य स्वार प्यानलबाट विजयी भएका छन्।