कैलाली सहित सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

कैलाली सहित सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट



कैलाली  । सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो ।

यसैबी चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो ।

बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् ।

त्यसैगरी चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएका छन् ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ ।बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । यी सबै विस्फोटको कसैले पनि जिम्मा लिएको छैन ।

यसैबीच देशका विभिन्न ठाउँमा बम फेला परेका छन् । नेपाल कम्युनिस्ट पार्टीले आइतबार नेपाल बन्दको आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो

बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् । पेप्सीकोलामा एउटा बसमाथि आगजनी भएको छ ।

बन्दकर्ताहरुले बाटो अबरोध झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।

त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । बन्दकर्ता राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिरहेका छन् ।शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति निकालेर बन्दको अाह्वान गरेका थिए । /फाइल तस्बिर :