कैलालीमा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कैलालीमा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु



विशाल पाण्डेय / सुखड । कैलालीमा माटोको ढिस्कोले पुरिएर आज बिहान एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-४ जनकपुरका विष्णु भण्डारीका १७ वर्षिया छोरी रेस्मा भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिए ।

जोशिका अनुसार घर नजिकैको मेलघट्टी सामुदायिक बनमा
घर लिप्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्को झरेर टाउकोमा गम्भीर चोट लागि घटना स्थलमै मृत्यु भएको थियो ।

शवलाई पोस्टमार्टमका लागि भजनी पठाइएको प्रहरी निरीक्षक जोशिले बताए ।