कैलालीमा श्रृङखलाबद्ध दुर्घटना, फेरी दुई बस एक आपसमा ठोकीदा १५ बढी भाईते, ३ को अवस्था गम्भीर - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कैलालीमा श्रृङखलाबद्ध दुर्घटना, फेरी दुई बस एक आपसमा ठोकीदा १५ बढी भाईते, ३ को अवस्था गम्भीर



कैलाली ।। कैलालीको लम्की चुहामा मात्रै पौष महिनामा ३ वटा सवारी दुर्घटना भएका छन् जसमा परी २ जनाको ज्यान गएको छ भने १५ भन्दा बढी घाईते भएका छन् । यसरी श्रृङलाबद्ध रुपमा आज फेरी अर्को दुर्घटना भएको छ । जसमा परी करिव १५ बढी घाईते भएका छन् ।
लम्की चुहा नगरपालीकाको वडा नम्मर ६ गुलरा बजार नजिकै टिकापुरबाट धनगढीका लागी छुटेको सुदुरपश्चिम यातायाको ना ४ ख ५१३२ र धनगढीबाट बुटवलका लागी छुटेको ना ४ ख २२६ नम्मरको बस आज बिहान करिव पौने ८ बजे तीर एक आपसमा ठोकीदा दुर्घटना भएको हो ।

दुर्घटनमा घाईतेमध्ये दुबै गाडीका चालक सहित ६ जनालाई उपचारका लागी नेपालगंज रीफर गरिएको र बाकी ५ जनालाई रिफर गर्ने तयारी गरिरहेको र बाकीको स्थानिय मालिका र लम्कीको लालरत्न अस्पतालमामा उपचार भईरहेको ईलाका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुरथ बहादुर खड्काले जानकारी दिनु भयो ।

घाईतेमध्ये ३ को अवस्था अती गम्भीर रहेको र पुर्ण बिबरण नआईसेको भएपनी अधिकांश बुटवल तीरको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहानको बेला भएकोले बाक्लो हुस्सु र शितलहरका कारण सडक चिप्लो भएकोले हुनसक्ने प्रहरीको अनुमान छ ।
डर्बिखबरबाट साभार