कैलालीको अत्तरियामा एक जनाको शव फेला - Himal Post Himal Post
  • १० बैशाख २०८२, बुधबार
  •      Wed Apr 23 2025
Logo

कैलालीको अत्तरियामा एक जनाको शव फेला



कैलाली । कैलालीको अत्तरियामा एक जनाको शव फेला परेका छ ।

गोदावरी नगरपालिकाको वडा नं ४ खैराना पुलको नजिकै आज बिहान मृत अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतक गोदावरी नगरपालिका वडा नं २ का ५० बर्षिय लाल बहादुर वि.क रहेको प्रहरीले जनाएको छ ।

पुलको छेउमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। प्रहरी अहिले घटना स्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।