कैलालीमा पूर्वराजाको स्वागतको लागि सर्वसाधारणको घुइँचो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीमा पूर्वराजाको स्वागतको लागि सर्वसाधारणको घुइँचो



कैलाली । मध्य र सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा   पूर्वराजा ज्ञानेन्द्र शाह नेेेेपालगन्ज को करिब एकसाता लामो बसाइपछि आज (बुधबार) धनगढी पुगेका छन् ।

पुर्व राजा शाह आउने भन्ने थाहा पाए लगत्तै धनगढीमा स्वागत का लागि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’जस्ता नारा लगाएका थिए ।

शाहले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर धाममा बुधबार पूजा–आराधना गरे।

पूर्वराजा शाहले शिवपुरी उत्तररामेश्वर धाममा रहेको १०८ फिट अग्लो शिवलिंग, नेपाल आमाको मूर्तिलगायतमा पूजा गरेका थिए । पूजापाठपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यहाँ आएर पूजा गर्न पाएकोमा खुसी लागेको बताए ।

आज यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । नेपालगन्जबाट यहाँ आएका उनी बुधबारै नेपालगन्ज फर्कनेछन् । नेपालगन्जबाट डोटीको प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको बताइएको छ ।