कैलालीमा निकासी कर असुलीमा ठेकेदार कम्पनीको मनोमानी - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कैलालीमा निकासी कर असुलीमा ठेकेदार कम्पनीको मनोमानी



कैलाली ।। जिल्ला समन्वय समिति कैलालीले आर्थिक वर्ष २०७४र०७५ का लागि स्वीकृत गरेको बेजिल्ला निकासी कर असुलीमा ठेकेदार कम्पनीले मनोमानी ढंगले रकम असुलेको फेला परेको छ ।

चालु आर्थिक वर्षमा बेजिल्ला निकासी करका लागि गरुड कन्सट्रक्सनले १ करोड २० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेर कर असुली गरिरहेको हो । जिल्लाभित्र उत्पादन भै अरु जिल्लामा निकासी गरिने बस्तुलाई बेजिल्ला निकासी भन्ने गरिन्छ । त्यसका लागि जिल्ला समन्वय समितिले बस्तु अनुसार रकम निर्धारण गर्दछ ।

तर ठेकेदार कम्पनीले प्रतिट्रिपर भ्याटसहित ५ सय ६५ पर्ने बस्तुलाई भ्याट रकम उल्लेख नगरिकनै ७ सय रुपैयाँ र २ सय ५० रुपैयाँ पर्ने ट्याक्टरबाट ४ सय रुपैयाँको रसिद कटाएको सुरज कन्स्ट्रक्सनका सुरज गिरिले बताएका छन् । जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य थापाले अहिलेसम्म ठेकेदारहरुले मनोमानी रुपमा कर असुलेको थाहा नपाएको भन्दैअब अनुगमन गरी गलत भेटिए कारवाही गरिने बताएका छन् । फाइल तस्बिर :-