कैलालीमा जीप र मोटरसाइकल ठोक्किदा ३ जना घाइते  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीमा जीप र मोटरसाइकल ठोक्किदा ३ जना घाइते 



गोविन्द बीसी / बौनिया  ।

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर-२ साँडेपानी बजार देखि ६ सय मिटर नजिक दुर्घटना भएको हो ।

पूर्व दिशातर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ आउदै गरेको बा १८ च ८७१५ नम्बरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको र एकजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा कैलालीको बौनियाँ बस्ने ३२ वर्षीय चक्र बम, सोही ठाउँका अन्दाजी ५५ वर्षीय भजन सुनार र जिप चालक घोडाघोडी नगरपालिका वडा नम्बर-३ जुरपानीका वीरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका बमलाई साँडेपानी स्थित साँडेपानी पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा रेफर गरिएको छ भने, अर्को घाइते सुनालाई नेपालगन्ज लैजाने तयारी भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका छन् ।

ठक्कर दिने जिप र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।