कैलालीमा यात्रुबाहक बस दुर्घटना - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कैलालीमा यात्रुबाहक बस दुर्घटना



सुखड, कैलाली । कैलालीमा मंगलबार बिहानै यात्रुबाहक बस दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा, कुचैनी सडकखण्डमा सुर्खेतबाट महेन्द्रनगरतर्फ जादै गरेको ना ६ ख २८५४ नम्बर को बस दुर्घटना हुँदा २५ जनाभन्दा वढी घाइते भएको प्रहरीले जनाएको छ ।

वस कुचैनी सडकखण्डको पुलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । घाइतेहरुको उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । फाइल तस्वीर :