कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गयो  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गयो 



कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

पुर्व पश्चिम् राजमार्ग अन्तरगत बर्दगोरिया गाउपालिका- १ बौनिया चोकमा बुधबार ना ६ ख ६३५५ नं को बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

मृतक कैलालीको भजनी नगरपालिका- ६ महादेवलीका आशाराम चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको छ । सांकेतिक तस्वीर :