कैलालीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गयो



हिमाल पोस्ट / कैलाली ।
कैलालीको गोदावरी नगरपालिका- ९ वल्मिमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

धनगढीबाट टिकापुर तर्फ जादै गरेको से १ ख १०२५ नम्वरको वस आज दिउँसो पुर्व पश्चिम् राजमार्ग अन्तर्गत
वल्मिमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएकी इश्वरादेेेवी बिनाडीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परि बसमा सवार ११ जना यात्रु घाईते भएका छन । दुर्घटनामा परि घाईतेको पदमा अस्पताल अत्तरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण वस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।तस्बिर : रेडियो डेलिमेल