कैलालिको गुलरामा परेवा मारेको भन्दै ७ बर्षिया बालकलाई मरणासन्न हुने गरि कुटपिट - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

कैलालिको गुलरामा परेवा मारेको भन्दै ७ बर्षिया बालकलाई मरणासन्न हुने गरि कुटपिट



मंगल बास्कोटे / लम्की,कैैैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा न . ६ गुलरामा परेवा मारेको आरोपमा ७ बर्षिया बालकलाई कुटपिट गरिएको छ । आज दिउँसो परेवा मारेको भन्दै स्थानिय अन्दाजी ५० वर्षिया वीर बहादुर चौधरिले सोही ठाउँ बस्ने शिव भण्डारी र भागी भण्डारिका ७ बर्षिया छोरा रमेश भण्डारिलाई कुटपिट गरेको स्थानियले बताएका छन ।

चौधरिले परेवा मारेको भन्दै हात खुट्टामा डोरिले बाधेर बालकलाई मानसिक यातना दिदै कुटपिट गरेका थिए।चौधरिको कुटाईबाट बालक बेहोस भए पछि स्थानीयले उपचारको लागि नजिकैको लक्ष्मी मेडिकलमा लगेर सामान्य उपचार गर्दा बालक होसमा नआएपछि गुलरामा रहेको मालिका मोडल पोलिक्लिनिक लगिएको थियो ।

अहिले बालक सामन्य अवस्थामा रहेको उपचारमा संलग्न  डा. प्रकाश तिमिल्सेनाले बताउनु भएको छ । डा. तिमिल्सेनाका अनुसार बालकको हात र खुट्टामा रस्सिले बाधेको ठाउँमा निलडाम देखिएको तर अन्य कुनै ठाउँमा चोट नरहेको बताउनु भएको छ ।

उता कुटपिट गरेका चौधरिले भने आफुले बालकलाई बेहोस नै हुने गरि नपिटेको बताएका छन । परेवा मारेर बालक भागिरहेका बेला चेतावनी दिनको लागि सामान्य हपारेको र रस्लिले हात खुट्टा बाधे पछि बालक बेहोस भएको बताएका छन । बालकका बुवा र आमा रोजगारिको शिलशिलामा भारतमा बस्दै आएका छन । अहिले बालक कुटपिट गर्ने चौधरि प्रहरिको नियन्त्रणमा  रहेका छन।