कैलालीमा अज्ञात समूहद्बारा बाटोमा पर्ने हरिया रुख काटियो  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीमा अज्ञात समूहद्बारा बाटोमा पर्ने हरिया रुख काटियो 



कैलाली । कैलालीको मोहन्यालमा अज्ञात समूहले बाटोमा पर्ने रुख काटेको छ । वडा नम्बर ३ स्थित बौनिया फलेबिसौना सडक खण्डमा पर्ने रुख गए राति अज्ञात समूहले फडानी गरेको हो । स्रोतका अनुसार करिब सयको संख्यामा हरियो रुख काटिएको छ ।

बर्दगोरिया देखि फलेबिसौना जोड्ने बाटो कालो पत्रेको काम अघि बढेको छ । उक्त बाटो कालो पत्रे गर्न रुख नकाटी हुदैन । स्रोतले भन्यो, जिल्ला वनलाई अनुरोध गर्दा काट्न स्विकृती दिएन । त्यसैकै लागि रुख काटिएको हुनसक्छ । यता इलाका वन कार्यालय चिसापानीले भने त्यसबारे आफुलाई कुनै जानकारी नभएको जनाएको छ ।

इलाका वन कार्यालय चिसापानीका प्रमुख राजिव चौधरीले भने, वडा नम्बर ३ को वन क्षेत्र हेर्ने जिम्मा डिभिजन कार्यालय पहलवानपुर अन्तरगतको सब डिभिजन कार्यालयलाई दिइएको बताए । उनले भने , ‘यसबारे डिभिजन कार्यालयलाई जानकारी गराउँछु ।’

यता डिभिजन वन कार्यालय पहलवानपुरले भने मोहन्याल वडा नम्बर ३ को वन हेर्ने जिम्मा आफ्नो हुने निर्णय भएको भएपनि कर्मचारी अभावमा कार्यान्वयन हुन नसकेको र हाल उक्त क्षेत्र इलाका वा चिसापानीले नै हेर्ने गरेको डिभिजन कार्यालय पहलवारपुरका विकास पन्तले बताए । टिभी अन्नपूर्णबाट / फाइल फोटो