बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट कैलालीमा ३ जना घाईते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिरामी बोकेको एम्बुलेन्सको ठक्करबाट कैलालीमा ३ जना घाईते



पदम ओझा 

बौनिया ,कैलाली  । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ कट्टीपुर चोकमा विरामि बोकेको एम्बुलेन्सले ठक्कर दिदा ३ जना घाईते भएका छन ।

कंञ्चनपुर बाट विरामि बोकेर नेपालगञ्ज गईरहेको म १ च ४२७ नं.को एम्बुलेन्सले आज बेलुकी ७ बजे बाटो काटी रहेका सोहि ठाउका ३ जनालाई ठक्कर दिदा तिनै जना घाईते भएका हुन ।

घाईते मध्य १ जनाको खुटटा भाचिएको छ,भने २ जनाको टाउको र खुटटामा सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो ।

सोही ठाउँका ६० वर्षिय लोक राज अधिकारीको टाउको र खुटटामा चोट लागेको छ । यसैगरी सोही ठाउका ६३ वर्षिय जग देव धमालाको घुडा भन्दा तल खुटटा भाचिएको छ भने सोही ठाउका ३४ वषिय लक्ष्मी प्रसाद अधिकारीको टाउको र खुटटामा सामान्य चोट लागेको शाहीले जानकारी दिनु भएको छ ।

ठक्कर दिने एम्बुलेन्स पुर्नसबास पोलिक्लिनिकको रहेको शाहीले जानकारी दिनु भयो । घाईतेको बर्दगोरीया अस्पतालमा उपचार भईरहेको छ । एम्बुलेन्समा सिकिस्त विरामी भएका कारण विरामी र एम्बुलेन्सलाई नेपालगन्ज  पठाएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनु भयो ।